नियम १०१
निवृत्तभरण सम्बन्धी कार्यविधि
(१) उमेर वा सेवा अवधिको कारणबाट अनिवार्य अवकाश पाउने निजामती कर्मचारीले अवकाश हुने
मितिभन्दा ६ महिना अगावै अनुसूची–१७क. बमोजिमको फाराम भरी आफू बहाल रहेको कार्यालय मार्फत निजामती किताबखानामा
अनिवार्य रुपले पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको फाराम भर्न नपाउंदै कुनै निजामती कर्मचारीको मृत्यु भएमा त्यस्तो मृत कर्मचारीले इच्छाएको
व्यक्तिले र कसैलाई नइच्छाएको भए निजको परिवारका सदस्यमध्ये देहायको क्रमानुसार जो जीवित छ उसैले सम्बन्धित अधिकारी
समक्ष ६ महिनाभित्र फाराम भरी पठाउनु पर्नेछ ः-
(क) सगोलको पति वा पत्नी,
(ख) सगोलको छोरा, अविवाहित छोरी, धर्मपुत्र, अविवाहित धर्मपुत्री वा विधवा छोरा बुहारी,
(ग) ………………..
(घ) सगोलको बाबु, आमा,
(ङ) आफैले पालन पोषण गर्नु पर्ने पुरुष र अविवाहित महिला कर्मचारीको हकमा बाजे, बज्यै र विवाहित महिला
कर्मचारीको हकमा सासु, ससुरा र छोरापट्टिको नाति,
(च) भिन्न बसेको पति वा पत्नी,
(छ) भिन्न बसेको छोरा, अविवाहित छोरी, धर्मपुत्र, अविवाहित धर्मपुत्री वा विधवा छोरा बुहारी,
(ज) भिन्न बसेको ……….. बाबु र आमा,
(झ) सगोलको दाजु, भाइ …….. र छोरापट्टिको अविवाहिता नातिनी,
(ञ) सगोलको अविवाहिता दिदी, बहिनी, …………..
(ट) सगोलको भतिजा, भतिजी, सौतेनी आमा, भिन्न बसेका छोरापट्टिको नाति, अविवाहिता नातिनी,
(ठ) सगोलको काका, विधवा काकी, भाउज्यू, भाइ बुहारी, नातिनी बुहारी,
(ड) भिन्न बसेको दाजु, भाइ,
(ढ) विवाहिता दिदी, बहिनी, भिन्न बसेका बाजे, बज्यै, ……….., नातिनी बुहारी, भतिजा ।
स्पष्टीकरण :- एकै क्रममा एकभन्दा बढी नातेदारहरु तोकिएको भए सो क्रममा तोकिएको सबै नातेदारहरुले बराबर
हिसाबमा मृत कर्मचारीको निवृत्तभरण पाउन सक्नेछन् ।
(३) उपनियम (१) वा (२) बमोजिम फाराम प्राप्त भएपछि निजामती किताबखानाले आवश्यक जांचबुझ गरी अवकाश प्राप्त गर्ने
कर्मचारी वा मृत कर्मचारीको निवृत्तभरण पाउने नातेदारलाई नेपाल सरकारले तोकेको ढांचामा निवृत्तभरणको अधिकारपत्र दिनु पर्नेछ ।
निवृत्तभरणको लागि फाराम भरी पठाउने व्यक्तिले कुन ठेगानामा निवृत्तभरणको लागि अधिकारपत्र पठाई दिनु पर्ने हो सो कुरा
खोली निजामती किताबखानामा लेखी पठाउनु पर्नेछ र सबै रीत पुगेकोमा सम्बन्धित व्यक्तिले पाउने गरी पैंतीस दिनभित्र
निवृत्तभरणको अधिकारपत्र सम्बन्धित व्यक्तिलाई पठाई दिनु पर्छ ।